घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ ???


घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ भन्ने कुरा थाहा छैन भने एक पटक अवस्य पढ्नु होला । । । ।


घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ ???

Written by Sudip Ghimire on 29 Aug 2020 | Views: 5091


सामान्यतया नेपाल अधिराज्यका सबै नगरपालिका अनि गाउपालिकामा मा आवासीय घरको नक्सा पास गर्नका लागि निम्नलिखित कागजातहरु आबस्यकता पर्ने गर्दछ :-

  1. घरको नक्सा :- तपाईले बनाउने घरको Architectural & Structural नक्सा A1-Sheet मा प्रिन्ट गरेर ३-३ कपी चाहिन्छ । यदि घर MRT भन्दा बहिर बनेको छ भने त्यो घर को Structure Analysis को रिपोर्ट पनि नक्साको साथमा पेश गर्नुपर्दछ । नक्सामा नक्सा डीजाइन गर्ने कन्सल्ट्यान्ट(सोहि पालिकामा दर्ता भएको मात्र) को STAMP का साथसाथै Engineer(सोहि पालिकामा दर्ता भएको मात्र) को Sign पनि हुनुपर्छ । Structure Analysis को रिपोर्ट पेस गरेको अवस्थामा कित ५ वर्ष अनुभव भएको वा Structure बिषयमा Master गरेको Engineer को Sign पनि हुनुपर्छ ।
  2. जग्गा को ट्रेस नक्सा :- जुन जग्गामा घर बनाउनेहो सोहि जग्गाको ट्रेस नक्सा जिल्ला नापी कार्यलयबाट निकालेर पेस गर्नु पर्दछ ।
  3. जग्गाधनी लालपुर्जाको फोटोकपी ।
  4. जग्गाधनी + घरधनी नागरकिताको फोटोकपी ।
  5. जग्गाधनी र घरधनी अलग भएको केशमा जग्गाधनीले घरधनीलाई घर बनाउन दिएको मन्जुरी ।
  6. जग्गाको तिरो तिरेको रसिद (समन्धित वडामा समन्धित आ.व का लागि तिरेको तिरो ) ।
  7. चारकिल्ला सिफारिश (समन्धित वडा बाट ) ।
  8. बाटो सिफारिश (समन्धित वडा बाट ):- यदि ट्रेस नक्सामा बाटो नभएको र फिल्डमा बाटो भएको अवस्थामा ।
  9. घरधनीको ६ प्रति P.P Size फोटो ।
  10. नक्सा डीजाइन गर्ने कन्सल्ट्यान्टको नक्सापास इजाजतपत्रको फोटोकपी (सोहि पालिकाले प्रदान गरेको हुनुपर्ने ) ।
  11. नक्सापास किताब (सोहि पालिकाबाट खरिद गर्नु पर्ने ) ।
  12. बाटोको मन्जुरी :- घर बनाउने जग्गामा बाटोले जग्गा छोएको छैन तर संगैको जग्गामा बाटोले जग्गा छोएको छ  भने संगैको जग्गावालाले तपाईलाई उसको जग्गा बाट बाटो उपभोग गर्न दिन्छु भनी दिएको मन्जुरी ।
  13. स्थानीय बिपत व्यवस्थापन कोषमा (रु १००० ) तिरेको रसिद ।
  14. जग्गा गुठिको नाममा भएको अवस्थामा गुठि सस्थान बाट पनि स्वकृति लिनु पर्दछ ।

सम्भबत सबै पालिकाहरु मा नक्सा पास गर्नको लागि चाहिने कागजात यतिनै हुन् । कुनै पालिकामा अरु थप केहि कागजात लाग्न सक्छ (अवासक्त्या अनुसार ) । नक्सा पास गर्ने विचार मा हुनुहुन्छ भने माथि उल्लिखित कागजातहरु तयार गर्नु पर्ने हुन्छ ।

Stories Suggestion:
के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??

यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |

Written By: Shreeram Lamichhane

काठमाडौं मा अहिले २.५ तला घर बनाउन कती खर्च लाग्छ ?

काठमाडौँ उपत्यकामा ३ आना देखि ६ आना सम्म घर बनाउदा लाग्न सक्ने खर्च को विवरण ।।।

Written By: Sudip Ghimire

Segregation of Concrete !!!!!!

Segregation and its impact on the strength of the concrete !!!!!!

Written By: Sudip Ghimire

View All Stories

Contact Us

Feel free to contact us for any kind of Architecture,Engineering, Construction, Planning, Interior, Estimation, Valuation work in Nepal.

Contact Details


Address
Gwarko mini bazar
Gwarko, Lalitpur

Email
grihaprabesh.designs@gmail.com

Phone
984-0061834
01-5007580