नयाँ इनार खन्नका लागि उपर्युक्त दिसा, महिना, बार का बारेमा जान्न चाहनु हुन्छ भने एक पटक अवस्य पढ्नु होला । ।
Written by Sudip Ghimire on 03 Sep 2020 | Views: 4682
कुनै पनि घडेरीमा घर वा भवन बनाउनु अगाडि नै पानीको व्यवस्थापन मिलाउन पर्छ । वास्तु शास्त्र अनुसार या जान्न आवश्यक छ कि, कुवा वा बोरिङबाट पानी निस्किन्छ कि निस्किदैन ? कति गहिरो खनेपछि निस्किन्छ ? पानीको स्वाद, सुगन्ध र रङ कस्तो हुन्छ ? र, कस्तो हुनुपर्छ भन्ने विषयमा वास्तुशास्त्र अनुसार जलको व्यवस्थापनको विधि प्रस्तुत गरिएको हुन्छ ।
कुनैपनि गाउँ, शहर, बस्ती आवासीय कोलोनी वा निजी निवासको अग्नि कोण, वायव्य कोण, वा नैऋत्य कोणमा कुवा तथा पानीको ट्यांकी बनाउन हुँदैन । यस्तो कुवा वा पानीको ट्यांकी घरका सदस्यहरुका लागि खतरायुक्त सावित हुन सक्छ । भयावह र भूतप्रेतको स्रोत बन्न सक्छ । मुख्य रुपमा ईशान र पूर्व दिशा नै कुवा र पानीट्यांकीका लागि उपयुक्त स्थान मानिएको छ । यदि पूर्व वा ईशान कोणमा स्थानको अभावका कारण बनाउन सम्भव छैन भने पश्चिम वा उत्तर पश्चिम दिशामा कुवा खन्न समिन्छ । भूखण्डको बीच भागलाई ब्रह्मस्थान भनिन्छ । यहाँ कुवा खन्न राम्रो मानिदैन ।
बोरिङ, कुवा, इनार खन्नको लागि माघ, फागुन, वैशाख, जेठ, कार्तिक महिना वास्तुशास्त्र अनुसार उत्कृष्ट मानिन्छन् । यी महिनामा कुवा, इनार खनिएमा त्यस स्थानमा बस्ने घरमुलिको लागि अत्यन्त शुभ फलदायक हुन्छ ।
पुष्य, हस्त, शतभिषा, पूर्वाभिष, पूर्वाषाढा, उत्तराभाषा, अनुराधा, धनिष्ठा, उत्तराफाल्गुनी, उत्तराभाद्रपदा, रोहिणी, रेवती मघा तथा मृगशिरा नक्षत्र शुभ मानिन्छ ।
सोमबार, बुधबार र बिहीबार उत्कृष्ट मानिन्छ ।
सिंह, वृश्चिक तथा धनु लग्न बााहेक अन्य सबै लग्न शुभ रहेका छन् । तर पनि जलसंज्ञक लग्नलाई उत्कृष्ट मानिन्छ । लग्नमा चन्द्रमाको बास रहेमा झनै फलदायक हुन्छ ।
इनार वा ट्यूवेल खन्नका लागि उत्तर दिशाबाट प्रारम्भ गर्नुपर्छ । ईशान कोणमा खन्दा पानी छिट्टै प्राप्त हुन्छ । तर नैर्ऋत्य वा वायव् कोणमा छ भने पानी छिट्टै सुक्ने सम्भवना हुन्छ । घरको ईशान कोणको मध्यरेखाको दायाँ बायाँ भागमा वा पूर्व दिशामा राम्रो मानिन्छ । त्यसैगरि पश्चिम दिशामा पूर्वापर कमसल मानिन्छ भने अन्यत्र अशुभ नै हुन्छ ।
-आचार्य वाशुदेवकृष्ण शास्त्री
Segregation of Concrete !!!!!!Segregation and its impact on the strength of the concrete !!!!!!
घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ ???घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ भन्ने कुरा थाहा छैन भने एक पटक अवस्य पढ्नु होला । । । ।
घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580